भेनेजुएलाका पूर्वराष्ट्रपतिका बडीगार्ड अन्द्रादेले १ खर्ब बढी भ्रष्टाचार गरेको खुलासा



काठमाडौं । चरम रुपमा आर्थिक संकटमा परिरहेको समाजवादी देश भेनेजुयलाका पूर्वराष्ट्रपति ह्यूगो चाभेजका बडीगार्डले चरम रुपमा भ्रष्टाचार गरेको खुलासा भएको छ ।

त्यहाँका सरकारी अधिकराीले जनाएअनुसार ती बडीगार्डले १ अर्ब डलर बराबरको भ्रष्टाचार गरेको पाइएको हो । त्यो भनेको नेपाली रुपैयाँमा करिब १ खर्ब १६ अर्ब बराबर हो ।

अजेक्ज्याण्ड अन्द्रादेले शक्ति र प्रभावको आधारमा चरम भ्रष्टाचार गरेको पाइएको हो । उनको साथमा ६० वटा घोडा र ३ वटा निजी जेट विमान समेत रहेको पाइएको छ ।

सरकारले उनलाई देशकै ठूलो भ्रष्टाचारी मान्दै गिरफ्तार गरिएको छ । आलीशान जीवनशैलीका कारण उनको बारेमा सरकारले सुक्षम अनुसन्धान गरिरहेको थियो । अनुसन्धान निष्कर्षमा पुगेपछि उनलाई पक्राउ गरिएको हो । चरम आर्थिक संकटका कारण ३० लाख नागरिक देश छाडेर विदेशिएका छन् ।

उनको बारेमा अमेरिकाको अदालतमा समेत मुद्दा चलिरहेको छ । उनलाई कम्तीमा पनि १० वर्षको जेल सजाय हुनसक्ने देखिन्छ ।

अन्द्रादेको जीवनशैली चकित पार्ने खालको थियो । किनकी यस समय भेनेजुयलामा चरम आर्थिक संकटमा फसेकेको छ । मंहगीको मात्रा उल्लेख्य रुपमा बढेको छ ।

अन्द्रादे अमेरिकको फ्लोरिडामा रहेको एक महलमा बस्दै आएका थिए । उनको साथमा कयौं महंगा घडी समेत थिए । उनले घोडाका लागि पनि आलिशान महल बनाएका थिए ।

सुरुमा उनी भेनेजुएलाका राष्ट्रपति चाभेजका बडीगार्ड थिए । क्रमशः उनले शक्ति हासिल गर्दै गए र उनलाई पछि ट्रेजरी कोषको प्रमुख समेत बनाइयो । सन् २०१२ मा चाभेजको निधनपछि उनी फ्लोरिडा गएका थिए ।

भेनेजुएलाका एक वकिलेले भने कुनै एक सरकारी अधिकारी ६० वटा घोडाको मालिक हुन सक्छ ? फ्रेकलिन फ्लोरिडामा रहेको अन्द्रादेको छिमेकी हुन ।

कयौं नागरिक ठान्छन् भेनेजुयलामा भ्रष्टाचारको जरा काफी गहिरो छ । जसका कारण देश नराम्ररी संकटमा फसकेको छ । अमेरिकाले भेनेजुएलाका एक शक्तिशाली नेता दियोसदादो काबेलोलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

उनीमाथि अवैध लागू औषधको तस्करी, फिरौती र सरकारी कोषको दुरुपयोग गरेको आरोप लागेको छ । उनलाई भनेजुएलाका आन्तरिक कानून मन्त्री नेस्टर रेवरोललाई कोकिन तस्करीका लागि घुस लिएको आरोपमा मुद्दा चलिरहेको छ ।

वर्तमान राष्ट्रपति निकालेस मादूराको पत्नी, रक्षा मन्त्री समेतलाई कयौं सरकारी अधिकारी समेत गलत तरिकाले सम्पत्ति जोडेको आरोप लागेको छ ।


पुष्प दुलाल