१४.८२ अंकले घट्यो नेप्से, २५ करोडको कारोबार



काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज १४.८२ अंकले परिसूचक घटेको हो । १.२५ अंकले परिसूचक घट्दा ११६६.४३ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ५४ कम्पनीका ८ लाख ४० हजार ५५ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा २५ करोड ६ लाख ४२ हजार ४ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूह राताम्मे भएका  छन् । बैंकिङ समूह १२.६४, होटल समूह २८.८७, विकास बैंक समूह ६.४७, जलश्रोत समूह २४.८९, वित्तीय समूह ५.१६, निर्जीबन बीमा समूह ९६.७६, उत्पादनमूह समूह ५०.५४, अन्य समूह ७.७१, लघुबित्त समूह २२.४५ र जीवन बीमा समूह ४४.४ अंकले घटेको हो ।

दोहोरो अंकले बजार घटेको दिन आज नाग्दी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६.२५ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, नाडेप लघुबित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ४६.०२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमाण्डू