सूर्यविनायकमा खुल्यो सामसुङको आधिकारिक सेवा केन्द्र



काठमाण्डौ । सामसुङको १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा शुरु भएको छ ।

सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्सकाका कार्यकारी निर्देशक युबियम वोन, आइएमएसग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसुङ इलेक्ट्रोनिक्सकाका जुङ्सिक (बबि) योले गरेका हुन् ।

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो ।

प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो” भने ।


क्लिकमान्डु