तत्कालीन किष्ट बैंकका डीजीएम घर्ती सहित २ पक्राउ
काठमाण्डौ । तत्कालीन किष्ट बैंका नायब महाप्रबन्धक(डीजीएम) बालनरसिंह(बीएन) घर्तील पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घर्ती सहित २ जनालाई पक्राउ पुनः पक्राउ गरेको हो ।
बैंकका तत्कालीन नायब महाप्रबन्धक घर्तीसँगै उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बैंकिङ कसुर अन्तरगत पक्राउ परिएको सिआइबीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । बैंकिङ कसुर अन्तरगत अरु व्यक्तिपनि शंकाको घेरामा रहेको उनले बताए ।
जम्को प्रकाशन प्रालिलाई कमसल धितोको अधिक मूल्यांकन गरी बैंकको कर्जा लगानी नीति विपरित अधिकतम सीमाभन्दा बढी १२ करोड रुपैयाँ कर्जा प्रदान गरिएको थियो ।
कर्जा रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेकोले उनीहरुलाई यसअघि ०७० साल मंसिर पहिलो साता सीआईबीले नै पक्राउ गरेको थियो ।
अघिल्लो महिना प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलार्इ भारतमा पक्राउ गरेर ल्याएको थियो ।
ज्ञवालीसहित र उनकी श्रीमती गौरी खनाललाई बैंकिङ कसूरमा दोषी ठहर जेल सजायँ सुनाइएको थियो । उनै ज्ञवालीको बयानका आधारमा घर्ती र गिरीलाई पुनः पक्राउ गरिएको बताइएको छ ।