सेञ्जुरी बैंकले कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्दै, २४ कर्पोरेट हाउस सहभागी



काठमाण्डौ । पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता यही मंसिर १० गतेदेखि काठमाडौंमा हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने मंसिर ६ गते आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएयो हो ।

प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागी हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ ।

यसैबीच प्रतियोगिताको ट्रफि, जर्सी र टाइसिटपनि सार्वजनिक गरेको थियो ।

उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रञ्जन खड्काको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु