झापा दमक बजारमा महालक्ष्मीको नयाँ शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले यही मंसिर ६ गते झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ ।
दमक शाखाको उद्घाटन एक समारोहका बीत दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरे ।

उक्त अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणहरुले शुभकामना मन्तव्य व्यक्त गदैं उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को चुक्ता पुँजी २ अर्ब ८४ करोड रहको छ ।

हालसम्म करिब २६ अर्ब ८४ करोड निक्षेप संकलन गरी २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु