नेपालमा एमकेजी ब्राण्डको बिक्री दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने



काठमाण्डौ । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको बिक्रि अब नेपालका लागि एमभि दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने भएको छ ।

आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले स्मार्ट प्रबिधिबाट छिटो र गुण्स्तरीय ढङ्गले मजबुद निर्माण कार्यलाई मूर्त रुप दिने कुरामा निश्चिन्त रहेको आग्रह गरेको छ ।

दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्रायको छ । कंक्रिट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर, लाईट उपकरण तर्फ कंक्रिट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन भित्राएको हो ।

आजदेखि यही मंसिर ८ गते सम्म भक्तपुरमा सन्चालन सञ्चालित कन्म्याक नेपाल २०१८ मा सहभागिता जनाउँदै ह्याङ्गर बि.बि २१८ स्टलमा सोहि एमकेजी लन्चिङ्ग कार्यक्रममा एमभि दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, एमकेजी भारतका उपाध्यक्ष रबिन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्णले संयूक्त रुपमा रिबन काटि लन्च गरेका हुन् ।

देशव्यापी रुपमा एमभि दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको बिक्रि शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु