ओम डेभलपमेन्ट बैंकद्धारा आमा समूहलाई सरसफाई सामाग्री प्रदान



काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा महानगरपालिका वडा नं २ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचो लगायत बिविध सरसफाई सामाग्री प्रदान गरेको छ ।

वडा नं २ मा आज आयोजित एक समारोहका बीच आमा समूहका अध्यक्ष कल्पना पराजुली र वडा नं २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री बिन्ध्यवासिनी मन्दिर, वडा नं २ को कार्यालय हुंदै पोखरा बाग्लुङ राजमार्ग वरिपरी राखिने वडा सदस्य तथा संयोजक गौतम विजुक्छेले बताए ।

बिकास बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६० हजार, एटिएम संख्या १९ रहेको छ ।

बैंकले प्राइम कमर्सियल बैंकसँग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।


क्लिकमान्डु