१.१४ अंकले घट्यो नेप्से, २५ करोडको कारोबार



काठमाडौं । साताको ३ दिन सम्म घटेर चौथो दिन हिजो १ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम दिन आज फेरी १.१४ अंकले घटेको छ । ०.१० प्रतिशतले घट्दा परिसूचक ११८१.४१ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ४३ कम्पनीका ७ लाख ७४ हजार ६ सय ८६ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २५ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ६ समूह बढेका छन् भने ४ समूह घटेका हुन् । बैंकिङ समूह २.६२, विकास बैंक समूह २.२९, लघुवित्त समूह ६.७७ र जीवन बीमा समूह २६.०१ अंकले घटेका हुन् ।

यस्तै, होटल समूह ३३.६४, जलविद्युत समूह ५.३३, निर्जीवन बीमा समूह ०.५४, वित्तीय समूह १.५३, उत्पादनमूलक समूह ६.२८ र अन्य समूह ३.५७ अंकले बढेका हुन् ।

आज सबैभन्दा बढी कारोबार एनएमबी बैंकले गरेको छ । बैंकले ७ करोड ८५ लाख ५६ हजार रुपैयाँको टर्नओभर गरेको हो ।

एनआईसी एशिया ग्रोथ फन्डले सबै भन्दा बढी कमाई गरेको छ । फन्डले ११.१३ प्रतिशतले कमाई गरेको हो । यता, सूर्योदय लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी गुमाएको छ । संस्थाले ४.६० प्रतिशतले गुमाएको हो ।


क्लिकमान्डु