जनता बैंकको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त




काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको यही मंसिर ५ गते सम्पन्न संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ ।निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो ।

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सोही दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् ।

वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रको विशेष दख्खल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धेरै सहयोग प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

 


क्लिकमान्डु