ग्लोबल आइएमईले गर्यो कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि.ले यही मसिंर ४ गते मंगलबार गोंगबु क्षेत्रमा क्रियाशील होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।

गोगंबु क्षेत्रमा क्रियाशील होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्धेश्यले ग्लोबल आइएमई बैंक लि.ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आएका चार्टर्ड अकाउटेन्ट शेषमनि दाहालले नेपालको कर प्रणालीका बिषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरु बीच केहिबेर अन्र्तकृया कार्यक्रम समेत संचालन भएको थियो । साथै सोही कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंक लि.का सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराएका थिए ।

१३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


क्लिकमान्डु