१२ औं वार्षिकोत्सवमा गण्डकीले गर्यो दुई छुट्टा छुट्टै कार्यक्रम



काठमाण्डौ । गण्डकी विकास बैंकले आफ्नो बाह्रौ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगतका दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

पहिलो कार्यक्रम अन्तरगत बैंकको प्रधान कार्यालय वि.पी. चोक, चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित रक्तदान कार्यक्रमवाट ८१ यूनिट रगत संकलन गरियो ।

बैंकका सञ्चालक पद्यप्रसाद पौडेलबाट पहिलो ब्लडब्याग पहिलो दाता कृष्ण पौडेललाई हस्तान्त्रण गरी शुभारम्भ गरिएको कार्यक्रममा बैंकका कर्मचारी एंवम् सर्वसाधारणले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमका बीच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा आश्राम रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालकद्धय पद्यप्रसाद पौडेल र नारायणबहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा बैंकका सञ्चालक पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले सामाजिक उत्तरदायित्वमा बैंक निकै सचेत रहेको र यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अगाडि बढाउने नीति बैंकसँग रहेको बताए ।

बैकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले बीबीएस, एटीएम, इसीसी\आइपीएस, सी–एएसबीए, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले आव २०७५\७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु