१ अंकले नेप्से बढ्दा २६ करोडको कारोबार
काठमाण्डौ । साताको पहिलो दिनबाटै घटेको नेप्से आज चौथो दिन आइपुग्दा झिनो अंकले उकालो लागेको छ । आज बुधबार १ अंकले नेप्से बढेको हो । ०.०८ प्रतिशतले बढ्दा परिसूचक ११८२.७४ विन्दुमा पुगेको छ ।
नेप्सेले जनाए अनुसार आज १ सय ५१ कम्पनीका ८ लाख ५२ हजार ७ सय ६८ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा २६ करोड ८८ लाख ८४ हजार २ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह, विकास बैंक समूह, वित्तीय समूह, अन्य समूह र जीवन बिमा समूह बढेका छन् । अरु समूह भने राताम्मे भएका छन् ।
१ अंकले नेप्से बढ्दा बैंकिङ समूह १.२२, विकास बैंक समूह ८.१३, वित्तीय समूह ०.९५, अन्य समूह २.२७ र जीवन बीमा समूह ३०.६५ अंकले बढेका हुन् । त्यसैगरी, होटल समूह २२.९३, जलबिद्युत समूह ११.८७, निर्जीवन बीमा समूह ७.४, उत्पादनमूलक समूह ९.३४ र लघुवित्त समूह ०.८५ अंकले घटेका छन् ।
आज सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ४.२९ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७.४० प्रतिशतले गुमाएका छन् ।