राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था सार्वजनिक, प्रथम त्रैमासिकमा १ अर्ब ११ करोड नाफा



काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लि.को आव २०७५\०७६ को प्रथम त्रैमास (असोज मसान्त) को वित्तीय अवस्था सार्वजनिक भएकोे छ । प्रकाशित वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ११ करोड ९० लाख मुनाफा आर्जन गरेको छ ।

यसैगरी यस त्रैमाससम्ममा १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख निक्षेप संकलन गरी निक्षेप तर्फपनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । यस अवधिसम्ममा बैंकले १ खर्ब २३ अर्ब ९० करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले अघिल्लो आवको तुलनामा मुनाफातर्फ ५७.७३ प्रतिशत, निक्षेप तर्फ १०.५३ प्रतशित र कर्जा तर्फ १३.१२ प्रतिशतको बृद्धि हासिल गरेको छ ।

गत आवमा साविक एनआईडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसंगै बैंकको चूक्ता पूँजी ९ अर्ब पुगेको छ भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको छ ।

हाल ७५ जिल्लामा २०८ शाखा कार्यालयहरु, १६५ वटा एटीएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु