८.५४ अंकले नेप्से घट्दा १७ करोडको कारोबार



काठमाण्डौ । साताको पहिलो दिनबाटै घटेको नेप्से आज तेश्रो दिन पनि ओरालो लागेको छ । आजपनि नेप्से परिसूचक ८.५४ अंकले घटेको हो । ०.७२ प्रतिशतले परिसूचक घट्दा ११८१.६६ विन्दुमा पुगेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ४५ कम्पनीका ५ लाख ६६ हजार ६ सय ६९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उत्पादनमूलक समूह बाहेक सबै समूह राताम्मे भएका छन् । हरियाली छाएको उत्पादनमूलक समूह ७.२२ अंकले बढेको छ ।

त्यसैगरी, राताम्मे भएका बैंकिङ समूह ९, होटल समूह ०.८१, विकास बैंक समूह ५.८, जलविद्युत समूह २.२३, बित्तीय समूह २.६६, निर्जीवन बीमा समूह ५८.५६, अन्य समूह ६.२९, लघुवित्त समूह ६.५ र जीवन बीमा समूह २७.८८ अंकले घटेका हुन् ।

आज किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले सबै भन्दा बढी कमाई गरेको छ । संस्थाले ५.८० प्रतिशतले कमाई गरेको हो । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्स कम्पनीले आज सबैभन्दा बढी गुमाएको छ । ९.९४ प्रतिशतले गुमाएको हो ।


क्लिकमान्डु