एभरेष्ट बैंकले बार्षिकोत्वमा गर्यो कर्मचारीबीच ट्यालेन्ट हन्ट कार्यक्रम



काठमाण्डौ । एभरेष्ट बैंकले यस वर्ष आफ्नो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ ।

यसैक्रममा बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारीहरु बीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणीमा गरिएको थियो । कर्मचारीबीच गायन, नृत्य र स्ट्यान्डअप कमेडीमा प्रतिष्पर्धा गराइएको थियो ।

प्रशिद्ध कलाकार मिथिला शर्मा र देशका प्रशिद्ध गायिक कुन्ति मुक्तानले ज्यूरीको नेतृत्व गरे । कार्यक्रममा बैंकको सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्रफी प्रदान गरे ।

हाल बैकको ८६ शाखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु