५.९० अंकले घट्यो नेप्से, २१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिनबाटै घटेको नेप्से आज दोश्रो दिन पनि सुधार हुन सकेन । आजपनि नेप्से परिसूचक ५.९० अंकले घटेको छ । ०.४९ प्रतिशतले परिसूचक घट्दा ११८९.५६ विन्दूमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ४८ कम्पनीका ७ लाख ९ हजार ३ सय ७९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २१ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वित्तीय र अन्य समूह बाहेक आज सबै समूह घटेका छन् । बैंकिङ समूह ६.३, होटल समूह १९.६४, विकास बैंक समूह ५.९७, जलविद्युत समूह २२.७९, निर्जीवन बीमा समूह १२.७८, लघुवित्त समूह ७.५७ र जीवन बीमा समूह ३२.१८ अंकले घटेका हुन् । यस्तै, वित्तीय समूह ०.९१ र अन्य समूह २.३४ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी कारोबार नेपाल बैंकले गरेको छ । बैंकले ३ करोड ३ लाख ५० हजार रुपैयाँको टर्नओभर गरेको हो ।

मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाले सबै भन्दा बढी कमाई गरेको । संस्थाले ३.७१ प्रतिशतले कमाई गरेको हो । एभरेष्ट इन्स्योरेन्सले आज सबैभन्दा बढी गुमाएको छ । १० प्रतिशतले गुमाएको हो ।


क्लिकमान्डु