सिटिजन्स बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंसिर ०२ गते सिटिजन्स बैंक बण्ड २०८५ निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

१ हजार अंकित दरका २५ लाख कित्ताले हुुन आउने २ अर्ब ५० करोड बराबरको सिटिजन्स बैंक बण्ड २०८५ निष्काशन गर्ने भएको हो ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

२ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत(२ अर्ब) व्यक्तिगत र २० प्रतिशत(५० करोड) सर्वसाधरणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने बताइएको छ ।


क्लिकमान्डु