विश्व चर्पी दिवसः ७० करोड बढीले अझै खुल्ला स्थानमा शौच गर्छन्



काठमाडौं । विश्वका करिब ७० करोड बढी जनसंख्याले खुला स्थानमा शौच गर्ने गरेको पाइएको छ ।

विश्व चर्पी दिवसको अवसरमा वाटर एडले सार्वजनिक गरेको एक विवरणमा खुला स्थानमा शौच गर्ने ठूलो जनसंख्या विभिन्न रोग व्याधीको असरमा समेत परिरहेका छन् ।

विश्व शौचालय दिवस पारेर जारी एउटा प्रतिवेदनले दिसापिसाबको सुरक्षित व्यवस्थापनको पहुँच नहुने मानिसहरुको सबैभन्दा ठूलो संख्या भारतमा रहेको जनाएको छ ।

वाटर एडको शौचालयहरुको अवस्था सम्बन्धी अध्ययन ’स्टेट अफ द वल्डर्स ट्वाइलेटस‌’मा जनाइएअनुसार ७० करोडभन्दा बढी मानिसले अझै पनि खुलास्थानमा वा असुरक्षित शौचालयमा शौच गर्ने गरेका छन् ।

पछिल्ला केही वर्षमा भनेको भारतमा प्रगति भएको बिबिसिले जनाएको छ । छिमेकी बंगलादेशले भने खुलास्थानमा दिसापिसाब गर्ने प्रवृत्ति लगभग अन्त्य गरेको बिबिसिले जनाएको छ ।

नेपालमा चाहिँ सन् २००० यता खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या आधाले घटेको जनाइएको छ ।


पुष्प दुलाल