१६ औं हस्तकला ब्यापार मेला सकियो, ८ करोडको कारोबार



काठमाण्डौ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्धारा आयोजित १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

आज अन्तिम दिनभृकुटीमण्डपमा आगन्तुकहरुको निकै घुईचो लागेको थियो । मेला अवधिमा स्टलमा भएको प्रत्यक्ष विक्री र अर्डर समेत गरी करिव ८ करोड ७५ लाख हारहारीमा आर्थिक कारोबार भएको नेपाल हस्तकला महासंघले जनाएको छ । त्यसैगरी १ लाख ३५ हजार भन्दा बढि आगन्तुकहरुले मेला अवलोकन गरेका छन् ।

मेलामा ७ वटा पेभिलियन सहित १७२ वटा स्टल रहेका थिए । स्वतन्त्र निर्णायक मण्डलबाट स्टलको लेआउट, प्रदर्शकको व्यवहार, सृजनशीलता (सीप र कलाकारिता) कच्चा पद्धार्थको उपलब्धता, व्यापार संभाव्यता आदिको आधार लिई सबैभन्दा बढि अंक प्राप्त गर्ने पेभिलियन एक लाई उत्कृष्ट पेभिलियन र १ स्टललाई उत्कृष्ट स्टलको रुपमा पुरस्कृत गर्ने गरिएको छ ।

मेलामा स्वतन्त्र निर्णायक मण्डलबाट छनोट भएका उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु र १४ औं हस्तकला प्रतियोगितामा परम्परागत बिधामा मैनको मूर्ति र समसामयिक विधा (ढाका बुनाई)मा उत्कृष्ट कलाकारको रुपमा पुरस्कृत गरिएको थियो ।

को को पुरस्कृत भए ?

१) उत्कृष्ट प्याभिलियनमा श्री सबा नेपाल १ लाख नगद पुरस्कार सहित ।
२)उत्कृष्ट स्टलमा– एनपि क्यासमियर हाउस एण्ड ह्याण्डिक्राफट २५ हजार नगद पुरस्कार (नानी हेरा शाही) ।
३)उत्कृष्ट बस्तुतर्फ
– तृतीय बनाना फाईबरको कार्पेट ( कुम्भेश्वर टेकनिकल स्कुलकासत्यन्द्र खड्गी) १० हजार नगद सहित ।
– द्वितीय याक फाईवरको सल(साना हस्तकलाका प्रकाश बज्राचार्य) १५ हजार नगद सहित ।
– प्रथम सिल्भर ज्वेलरी ( नेपालीज दी कलेक्सनका मीनु बज्राचार्य ) रु २० हजार नगद सहित ।
४) परम्परागत बिधामा मैनको मूर्तिमा उत्कृष्ट कलाकारमा
–तृतीय नीशेश राज शाक्य (शाक्यमुनी बुद्ध) रु २० हजार नगद सहित
–द्वितीय उदीप शाक्य (जोगिनी) रु ३० हजार नगद सहित ।
– प्रथम मनोज शाक्य ( तारा ) रु ५० हजार नगद सहित ।
५) समसामयिक विधा (ढाका बुनाई)मा उत्कृष्ट कलाकारमा
– तृतीय ज्ञानीमाया तामाङ्ग रु २० हजार नगद सहित ।
– द्वितीय देउ माया लिम्बु रु ३० हजार नगद सहित ।
– प्रथम चुना बास्तोला ज्ञानीमाया तामाङ्ग रु ५० हजार नगद सहित ।


क्लिकमान्डु