संखुवासभाको सभापोखरीमा प्राइम कमर्सियलको नयाँ शाखा



काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा शाखा कार्यालय शुभारम्भ गरेको छ । यो शाखाको संचालन पछि बंैकको शाखासंख्या ६५ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहकाबीच बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय सभापोखरीको उद्घाटन गरेका हुन् ।


क्लिकमाण्डू