दोहोरो अंकले नेप्से घट्दा ३३ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । १०.१४ अंकले नेप्से परिसूचक घटेको हो । ०.८४ प्रतिशतले घट्दा परिसूचक ११९४.८७ बिन्दुमा पुगेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा आज ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ट्रेडिङ समूह बाहेक सबै समूह घटेका छन् । ट्रेडिङ समूह ०.८४ अंकले बढेको हो । बैंकिङ समूह १०.१६, होटल समूह ०.२८, विकास बैंक समूह ९.४३, जलविद्युत समूह १२.५८, बित्त समूह ३.९, निर्जीवन समूह २९.८, अन्य समूह ७.१, लघुवित्त समूह ८.८८ र जीवन बीमा समूह ४९ अंकले घटेका छन् ।

आज पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी २.४४ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, समता माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.४९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु