श्रीबैंकटेश सहकारीले निक्षेप एक करोड १५ लाख पुर्यायो



काठमाडौँ । चाबहिलस्थित श्रीबैंकटेश सहकारी संस्थाले निक्षेप एक करोड १५ लाख पुर्याएको छ ।

संस्थाको नवौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धरणीधर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा एक करोड १५ लाख निक्षेप पूँजी रहेको उल्लेख छ ।

यस आर्थिक वर्षमा खुद नाफा तीन लाख ५६ हजार कमाएको उक्त संस्थाले आगामी असार मसान्तसम्म खुद नाफा पाँच लाख पु¥याउने लक्ष्य लिएको छ ।

साधारणसभामा जीवन विज्ञानका संस्थापक रमेश नेपाललगायतले चाबहिल सरस्वती नगर क्षेत्रमा स्वास्थ्य, शैक्षिक सम्बन्ध र समृद्धिका लागि सञ्चालन गरेका कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको जानकारी गराए ।

साथै साधारण सभाबाट धरणीधर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।


क्लिकमान्डु