खुक्र्याे कि फुक्र्यो योजना सफल भएको कम्पनीको दाबी



काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर सार्वजिनक गरेको ‘खुक्र्याे कि फुक्र्यो’ योजना भब्य रुपमा सम्पन्न भएको छ ।

ग्राहकको उत्साहजनक रेस्पोन्सले लक्षित टार्गेट पूरा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको थियो ।

यो योजनामा समावेश भएका ग्राहकले कुपन स्क्रायाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितका छन् ।


क्लिकमान्डु