सेयर बजार बढेजस्तो प्रतिफल अन्य क्षेत्रको लगानीमा पाइदैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा उद्यमशिलता तथा लगानी बिना बढी प्रतिफल खोज्ने बानी लागेको बताएका छन् ।

विश्व बैंकको ‘प्राइभेट सेक्टर डाइनोस्टिक’ प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले लगानी नगर्ने तथा खाली सहज प्रतिफल मात्र खोज्ने प्रवृति रहेको बताए ।

‘उद्यमशिलताको विकासको लागि हाम्रो मानसिकता परिवर्तन हुन आवश्यक छ,हामीले कम जोखिम लिएर प्रतिफलको मात्र आश गर्नु भएन,’अर्थमन्त्री खतिवडाले भने ।

सेयर बजार बढेजस्तो अन्य क्षेत्रमा लगानी गरेर प्रतिफल पाइदैन । ‘सेयर बजारमा बढेर आउने प्रतिफल अन्य खालका लगानीमा हुँदैनन्,यसको केही समय लाग्ने हुन्छ,’अर्थमन्त्री खतिवडाले थपे ।
उनले नेपालकौ भौगौलिक अवस्थाको कारण पूर्वाधार क्षेत्रमा गर्ने लगानी महंगो भन्दै भूकम्प तथा जलवायुको जोखिमले यसमा गरिने लगानीलाई अझै बढाउने बताए ।

उनले नेपालको आर्थिक विकासको लागि साना तथा मझौला क्षेत्रमा व्यवसायमा गरिने लगानी महत्वपूर्ण हुनेमा आफ्नो विश्वास रहेको जनाए ।

‘तत्कालको लागि उच्च आर्थिक अंकको बृद्धिको लागि एसमईले मद्दत गर्दैन,तर,यसमा हुने लगानीले नै उच्च अंकको आर्थिक बृद्धिलाई मद्दत गर्छ’,खतिवडाले भने ।


क्लिकमान्डु