यी ३ बैंक जसले निक्षेपभन्दा कर्जा बढी दिए



काठमाडौं । वाणिज्य बैंकहरुको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ ।

अब वित्तीय विवरण प्रकाशित गर्नको लागि सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक मात्र बाँकी छ । विवरण प्रकाशित भएका २७ वटा वाणिज्य बैंकमा केहीले भने यो पटक निक्षेपको तुलनामा बढी कर्जा दिएका छन् ।

राष्ट्र बैंकले पुँजी कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ८० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । केही बैंकले ८० प्रतिशतको सिमा नै बढाएका छन् । बैंकले निक्षेप र पुँजी जोडेर आउने रकमको ८० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था छ । तर,बैंकिङमा निक्षेपभन्दा कर्जा बढी हुनु राम्रो भने मानिदैन ।

आफ्नो निक्षेपभन्दा बढी कर्जा दिने बैंकमा सरकारी लगानीको कृषि विकास बैंक,सिभिल बैंक,एनबी बैंक रहेका छन् । अरु बैंकको निक्षेप असार मसान्तको तुलनामा घटेपनि ऋणभन्दा निक्षेप नै बढी छ ।

सरकारी लगानीको कृषि विकास बैंकको असोज मसान्तसम्ममा १ खर्ब २ अर्ब निक्षेप छ भने कर्जा १ खर्ब ३ अर्ब दिएको छ ।

यस्तै, नेपाल बंगलादेश बैंकले पनि निक्षेपभन्दा बढी ऋण दिएको छ । असोज मसान्तसम्ममा एनबी बैंकले ४७ अर्ब निक्षेप छ भने कर्जा ४८ अर्ब ४१ करोड छ ।

यस्तै सिभिल बैंकको पनि निक्षेपभन्दा कर्जा बढी छ । सिभिल बैंकको असोज मसान्तसम्ममा निक्षेप ३९ अर्ब ४३ करोड निक्षेप छ । कर्जा ४१ अर्ब ९४ करोड रहेको छ ।


क्लिकमान्डु