नबिललाई फ्रि प्रोफिटमा १ अर्ब पुर्याउन ७ करोड पुगेन, एनएमबि, हिमालयन, बिओके, एसबिआई, प्राइम र सिभिलको यस्तो विवरण



काठमाडौं । नबिल बैंकले पहिलो त्रैमासिक अवधीमा १ अर्ब नाफा गर्दापनि फ्रि प्रोफिटमा भने ९३ करोड ३१ लाख रुपैयाँ भएको छ । बैंकले कमाएको फ्रि प्रोफिट लगानीकर्तालाई लाभांश बाड्न मिल्ने हो ।

नबिल बैंकको अघिल्लो वर्ष फ्रि प्रोफिट ८५ करोड रुपैयाँ थियो । बैंकले असोज मसान्तमा १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असोज मसान्तमा बैंकमा १ खर्ब २३ अर्ब निक्षेप थियो भने कर्जा ९७ अर्ब रुपैयाँ थियो । यस्तै असार मसान्तमा बैंकमा १ खर्ब ३५ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब १३ अर्ब रुपैयाँ थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.८५ प्रतिशत छ भने ८.०६ प्रतिशत बेसरेट रहेको छ । बैंकको बेसरेट बढ्दै गएको देखिन्छ । असार मसान्तमा ७.७८ प्रतिशत थियो । प्रति सेयर आम्दानी ५१.३६ रुपैयाँ छ ।

एनएमबि बैंकले ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष असोज मसान्तमा ४६ करोड ३४ लाख रुपैयाँ नाफा थियो ।

बैंकको असोज मसान्त सम्ममा निक्षेप ८५ अर्ब ८३ करोड रुपैयाँ निक्षेप छ भने कर्जा ८२ अर्ब ८७ करोड छ । असार मसान्तमा बैंकमा निक्षेप ८४ अर्ब ५० करोड थियो अघिल्लो वर्षको असोज मसान्तमा ७१ अर्ब ९४ करोड थियो । कर्जा भने असार मसान्तमा ७५ अर्ब २१ करोड थियो भने अघिल्लो वर्षको असोज मसान्तमा ६३ अर्ब ४८ करोड थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ७८.१३ प्रतिशत छ भने बेसरेट १०.६८ प्रतिशत रहेको छ । असार मसान्तमा बेसरेट १०.७० प्रतिशत थियो ।

हिमालयन बैंकले ४७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । असोज मसान्तसम्ममा बैंकमा १ खर्ब २ अर्ब निक्षेप रहेको छ भने कर्जा ९४ अर्ब २४ करोड रहेको छ । असार मसान्तमा बैंकमा निक्षेप ९८ अर्ब ९८ करोड थियो भने कर्जा ८६ अर्ब ३६ करोड रहेको थियो । बैंकको कर्जा निक्षेप अनुपात ७८.७७ प्रतिशत छ भने बेसरेट ९.२२ प्रतिशत छ । असार मसान्तमा बेसरेट ९.६६ प्रतिशत थियो ।

बैंक अफ काठमाण्डू(बिओके)ले असोज मसान्तसम्ममा ३७ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकमा निक्षेप ७९ अर्ब ९५ करोड छ भने कर्जा ७१ अर्ब ८० करोड छ । कर्जा निक्षेप अनुपात ७७.४८ प्रतिशत रहेको बैंकको बेसरेट १०.६२ प्रतिशत रहेको छ ।

एसबिआई बैंकले २७ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकमा असोज मसान्तमा ९४ अर्ब ४६ करोड निक्षेप छ । कर्जा ८४ अर्ब ६२ करोड छ । १०.४३ प्रतिशत बेसरेट रहेको बैंकको कर्जा निक्षेप अनुपात ७५.४२ प्रतिशत छ ।

प्राइम बैंकले ४२ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकसँग असोज मसान्तमा ७६ अर्ब ३३ करोड छ । असार मसान्तमा निक्षेप ८१ अर्ब ३१ करोड थियो । यस्तै कर्जा ७२ अर्ब ३३ करोड कर्जा छ । बैंकको बेसरेट १०.३९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अुनपात ७९.८० प्रतिशत रहेको छ । यसले बैंकले थप निक्षेप संकलन नगर्दासम्म ऋण दिन नसक्ने अवस्था भएको देखाएको छ ।

यस्तै सिभिल बैंकले १२ करोड १२ लाख रुपैयाँ नाफा गरेको छ । बैंकमा असोज मसान्तसम्ममा ३९ अर्ब ४३ करोड निक्षेप छ । असार मसान्तमा ४० अर्ब ११ करोड निक्षेप थियो । यस्तै कर्जा ४२ अर्ब ४७ करोड छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७९.९७ प्रतिशत छ । राष्ट्र बैंकले तोकेको सिमाको ०.३ प्रतिशत मात्र कम हो । बैंकसँगपनि थप निक्षेप संकलन नगर्दासम्म ऋण दिनको लागि चाहिने पैसा छैन ।


क्लिकमान्डु