एनआईसी एशिया ‘बैंक पनि साथी पनि’ व्यवसाय र नाफामा माथि पनि



काठमाडौं । एनआईशी एशिया बैंकले नाफामा चामत्कारिक ढंगले कमाएको विवरण सार्वजनिक गरेको छ ।

बैंकले असोज मसान्तमा ७५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष २७ करोड थियो । राष्ट्र बैंकले लागु गरेको नयाँ व्यवस्था अनुसार पहिलो त्रैमासिक अवधीमा बाड्न मिल्ने नाफा ५८ करोड रुपैयाँ रहेको छ ।

बैंकको असोज मसान्त सम्ममा १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह १ खर्ब ३९ अर्ब रुपैयाँ छ । तीन महिनाको अवधीमा बैंकले निक्षेप बढाएर नै कर्जा बढाएको देखिन्छ । असार मसान्तमा बैंकसँग १ खर्ब ५१ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

बैंकले ब्याज आम्दानीबाट मात्र १ अर्ब ८१ करोड कमाएको छ । बैंकमा कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) सहज अवस्थामा रहेको देखिन्छ । असोज मसान्तमा बैंकको सीसीडी रेसियो ७७.६८ प्रतिशत रहेको छ ।

बैंकको असोज मसान्तमा बेसरेट १०.७७ प्रतिशत छ । असार मसान्तको तुलनामा बेसरेटपनि घटेको छ । असार मसान्तमा बैंकको बेसरेट ११.१६ प्रतिशत थियो । बैंकको प्रति सेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु