इन्भेष्टमेन्टले १ अर्ब नाफा गर्दा सानिमा, लक्ष्मी, सनराइज, एनबी, एनसीसी, जनता, सेन्चुरी र मेगाको यस्तो छ अवस्था



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो त्रैमासिक अवधीमा १ अर्ब नाफा गरेको विववरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणमा पहिलो त्रैमासिक अवधीमा १ अर्ब नाफा गरेको विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष बैंकको नाफा ८९ करोड रुपैयाँ थियो ।
असोज मसान्तसम्मको विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ६४ करोड चुक्ता पुँजी छ भने रिजर्ब १५ अर्ब ७९ करोड रहेको छ ।

यस्तैं बैंकमा १ खर्ब ४१ करोड रुपैयाँ निक्षेप छ भने कर्जा १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । ९.०३ प्रतिशत बेसरेट रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाँ १९ पैसा रहेको छ । कर्जा निक्षेप अनुपात असोज महिनामा बैंकको ७७.४५ प्रतिशत रहेको छ ।

यस्तै सानिमा बैंकले ४७ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब तथा रिबर्जमा ३ अर्ब ३१ करोड छ । बैंकमा असोज मसान्तसम्ममा ८४ अर्ब १६ करोड निक्षेप छ भने कर्जा ७५ अर्ब रहेको छ ।

यस्तै बैंकको १०.५५ प्रतिशत बेसरेट रहेको छ भने कर्जा निक्षेप अनुपात ७९.१४ प्रतिशत असोज मसान्तसम्मको रिपोर्टमा रहेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा रहेको छ ।

लक्ष्मी बैंकले २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो वर्ष असोज मसान्तमा १७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको असोज मसान्तसम्ममा ८ अर्ब २२ करोड चुक्ता पुँजी छ । यस्तै निक्षेप ६९ अर्ब छ भने कर्जा ६४ अर्ब ६२ करोड रहेको छ ।
बेसरेट ११.२८ प्रतिशत रहेको लक्ष्मीको कर्जा निक्षेप अनुपात ७८.०४ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी १४.७४ रुपैयाँ रहेको छ ।

सनराइज बैंकले २७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नपाmा २० करोड थियो । ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेको सनराइज बैंकमा ७५ अर्ब ७९ करोड निक्षेप छ भने कर्जा ६६ अर्ब ५९ करोड रहेको छ । बैंकको बेसरेट १०.९७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.५६ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी १६.६२ रुपैयाँ छ ।

नेपाल बंगलादेश बैंकले २२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १५ करोड नाफा थियो । बैंकको असोज मसान्तसम्ममा ४७ अर्ब निक्षेप छ भने कर्जा ४८ अर्ब ४१ करोड रुपैयाँ कर्जा छ । ७९.४७ प्रतिशत सीसीडी रेसियो रहेको बैंकले निक्षेपभन्दा कर्जा बढी दिएको छ । १०.८४ प्रतिशत बेसरेट रहेको बैंकको प्रतिसेयर आम्दानी १४.९३ प्रतिशत रहेको छ ।

एनसीसी बैंकले २८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको असोज मसान्तसम्ममा निक्षेप ६२ अर्ब छ भने कर्जा ५७ अर्ब छ । ११.४५ प्रतिशत बेसरेट रहेको बैंकको ७८.९८ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ ।

जनता बैंकले २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । असोज मसान्तसम्ममा बैंकको ६२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप छ भने ५८ अर्ब ४५ करोड रुपैयाँ कर्जा रहको छ । बैंकको बेसरेट ११.२२ प्रतिशत छ भने कर्जा कर्जा निक्षेप अनुपात ७९.५२ प्रतिशत रहेको छ ।

सेन्चुरी बैंकले २० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको असोज मसान्तमा सेन्चुरीको नाफा १० करोड थियो । ६२ अर्ब १६ करोड रुपैयाँ निक्षेप रहेको सेन्चुरीले असोज मसान्तसम्ममा ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा दिएको छ ।  बैंकको बेसरेट ११.५१ प्रतिशत रहेको छ ।

मेगा बैंकले २३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष नाफा ८ करोड थियो । बैंकको असोज मसान्तसम्ममा निक्षेप ६५ अर्ब ९१ करोड छ भने कर्जा ६२ अर्ब २४ करोड छ । १०.५५ प्रतिशत बेसरेट रहेको बैंकको ७९.६१ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ ।


क्लिकमान्डु