बार्षिकोत्सवको अवसरमा कामना सेवाद्वारा नगद तथा जिन्सी प्रदान



काठमाडौं । कामना सेवा विकास बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा केन्द्रीय कार्यालयका संचालक विश्वेश्वर सुबेदी सहित अध्यक्षबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरिएको छ ।

त्यस्तैगरी अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरिएको छ ।

कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष सुदीप आचार्यले यसरी सामाजिक उत्तरदायित्व पूरा गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको कुरा ब्यक्त गरे ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले विगतका बर्षहरुमा गरिएका विविध सहयोगहरुको निरन्तरता दिंदै यसबर्ष पनि सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुको उज्जवल भबिष्यको लागि बैंकको तर्फबाट सहयोगको लागि हातेमालो गर्न पाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि अन्य क्षेत्रमा समेत सहयोग गर्दै जाने विचार व्यक्त गरे ।

यसैगरी, बुटवलमा भएको कार्यक्रममा तिलोत्तमा–१५, रुपन्देही स्थित नेपाल अनाथ आश्रममा रहेका बालबालिकाहरुको जिविकोपार्जनको लागि बैंकको तर्फबाट पचास हजारको चेक हस्तान्तरण गरिएको थियो ।

यता, पोखरामा भएको विभिन्न कार्यक्रममा बैंकका पुर्ब अध्यक्ष तथा संचालकहरुको उपस्थितिमा पोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल विद्याआश्रमलाई २ थान कम्प्युटर, श्री कल्याण आधारभुत विद्यालय, कुमाल गाँउ, लेखनाथलाई १ थान र श्री लेखनाथ आधारभुत विद्यालय, अर्चले, लेखनाथलाई १ थान गरि ४ थान कप्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

६० वटा शाखा कार्यालय सहित केन्द्रीय कार्यालय, काठमाडौंबाट आफ्नो बैंकिङ सेवा दिदैं आएको साथैं थप २५ वटा शाखा समेत संचालनको प्रक्रियामा रहेको बताइएको छ ।


क्लिकमान्डु