शुरु भयो हस्तकला ब्यापार मेला(फोटो फिचर)



काठमाण्डौ । नेपाल हस्तकला महासंघको आयोजनामा लोपोन्मुख कलाकृतिहरूको जगेर्ना गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु भएको छ ।

१६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता मंसिर दुई गतेसम्म चल्नेछ । मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिएका छन् ।


फोटोः गिता भुजेल\क्लिकमाण्डू


क्लिकमान्डु