नेपाल बैंकले तीन महिनामा करिब १ अर्ब नाफा गर्दा एभरेष्टको ४९ करोड कुमारीको ३५ करोड



काठमाडौं । नेपाल बैंकले पहिलो त्रैमासिक अवधीमा नै करिब १ अर्ब नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेपाल बैंकले ९७ करोड ९१ लाख रुपैयाँ बाड्न मिल्ने नाफा गरेको विवरण सार्वजनिक गरेको छ । एफपिओ निकालेपछि बैंकको रिजर्ब १९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ८० करोड रहेको छ ।

बैंकको असोज मसान्तसम्ममा निक्षेप ९३ अर्ब रहेको छ भने कर्जा ७९ अर्ब रहेको छ । बैंकको बेसरेट ७.५२ प्रतिशत रहेको छ ।

यस्तै एभरेष्ट बैंकले ४९ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्ममा निक्षेप १ खर्ब २० अर्ब निक्षेप तथा कर्जा १ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै कुमारी बैंकले ३५ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्ममा निक्षेप ७२ अर्ब छ भने कर्जा ६७ अर्ब रहेको छ । बैंकको बेसरेट ११.०९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु