महालक्ष्मी बैंकद्वारा सर्वोत्कृष्ट ३ विधार्थीलाई पुरस्कार वितरण




काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.को विराटनगर शाखा कार्यालयले ६३ औँ प्रहरी दिवसको को अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगिताका सर्वोत्कृष्ट तीन जनालाई पुरस्कार वितरण गरेको छ ।

बैंकको विराटनगर शाखाले प्रदेश नं १ प्रहरी कार्यालयद्वारा आयोजना गरिएको “यौनजन्य हिंसा: कारण, रोकथाम र नागरिकको भूमिका” विषयक निबन्ध प्रतियोगितामा सो प्रदेश अन्तर्गतका १४ जिल्लाका समग्र विद्यालयका नौ, दश, एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट उत्कृष्ट ३ जनालाई्र पुरस्कार वितरण गरेको थियो ।

सर्वोत्कृष्ट तीन विद्यार्थीहरु- मोनिका कार्की, विपना बराइली र समीक्षा अधिकारीलाई क्रमशः प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजारसहित पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

उक्त पुरस्कार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हस्तान्तरण गर्नु भएको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु