सुनको भाउ गत साताभन्दा प्रतितोला १ हजार घट्यो



काठमाडौँ । सुन तोलामा एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला ५९ हजार र तेजाबी सुन प्रतितोला ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत मङ्गलबार छापावाल सुन प्रतितोला ६० हजारमा कारोवार भएको थियो । त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज २५ घटेर तोलामा ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


क्लिकमान्डु