फेसबुकका संस्थापक जुकरबर्गकी श्रीमतिले नयाँ पुस्ताको भलाइका लागि ६१ अर्ब डलर खर्च गर्ने



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मार्क जकरबर्गकी श्रीमती प्रिसिला चानले नयाँ पुस्ताहरुको भलाईका लागि ६१ अर्ब डलर खर्च गर्ने भएकी छन् । फेसबुकको सेयर मूल्य अनुसार दुबैको सम्पत्ति यो रकम भन्दा बढी रहेको छ ।

जुगरबर्ग र चानले ३ वर्षअघि छोरीको जन्म भएको उपलक्ष्यमा ९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा गरेका थिए । पछिल्लो समय उनीहरुले चान जकरबर्ग फाउन्डेशनलाई १.९ अर्ब डलर दिएका थिए ।

चान जकरबर्ग फाउन्डेशनले सन् २०१५ देखि बच्चाहरुमा समानतालाई अगाडि बढाउन र उनीहरुको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । यसलाई जकरबर्गकी पत्नी प्रिसिला चानले सम्हाल्दै आएकी छन् ।

नयाँ पुस्ताहरुलाई रोगबाट बचाउन र उनीहरुको उपचार गर्न प्रिसिला चानको एनजीओले काम गर्दै आएको छ ।

चानको एनजीओले वैज्ञानिक र अनुसन्धान, टेक्नोलोजीसँग जोडिएका काम गर्छ । प्रिसिला आफुपनि बच्चाहरुको डाक्टर हुन् ।

चान–जकरबर्गले १.९ अर्ब डलर च्यारेटीमा दिए

सन् २०१७ सालमा अमेरिकीहरुले सामाजिक कार्यहरुका लागि ४ सय १० अर्ब डलर दान गरेका छन् । २०१६ को तुलनामा यो ५ प्रतिशतले धेरै हो । दान गरिएको रकमहरुमा ७० प्रतिशत रकम व्यक्तिगत डोनेशन थियो ।

अमेरिकाका फाउन्डेशनहरुको अनुदानको रकम पछिल्लो वर्ष १६ प्रतिशतले बढेको छ । मार्क जकरबर्ग र प्रिसिला चानले चानजकरबर्ग फाउन्डेशनको १.९ अर्ब डलर च्यारेटीमा दिएका थिए ।

एक बच्चीले प्रिसिलाको जिन्दगी यसरी बदलिन्

प्रिसिला चान भियतनामको शरणार्थी परिवारकी हुन् । परिवार र शिक्षकहरुको मद्दतबाट हार्वड यूनिभर्सिटीको स्कलरसिप पाएकी थिइन् । पछिल्लो महिना सीएनएनलाई दिएको अन्तरवार्तामा चानले हावार्डमा धेरै मौका मिलेपनि त्यहाँ धेरै समस्याहरुको सामना गर्नु परेको बताइन् ।

प्रिसिलाले हवार्डबाट ट्रान्सफरको लागि एप्लीकेसन तयार गरेकी थिइन् । तर, एउटा घटनाले उनको जिन्दगी बदलियो । चान त्यस समयमा न्यून आय भएका परिवारको मद्दतमा लागेकी थिइन् । एउटा बच्चा १ हप्तासम्म नदेख्दा चानलाई चिन्ता लाग्यो ।

एक दिन खेल मैदानमा उनले त्यस बच्चालाई भेटिन् । उसको २ वटा दात झरेको थियो । यो देखेर चानलाई दुःख लाग्यो र तब नै उनले डाक्टर बन्ने कुरा सोचिन् । (एजेन्सीहरुबाट)


पुष्प दुलाल