तिहारमै १० हजार गोदावरीका माला खपत, यस्तो छ गोदावरी फूलको महत्व



काठमाडौं । गोदावरी फूल विशेष गरी असोज कात्तिक महिनामा फूल्ने गर्छ । नेपालमा यो फूलको प्रचलन कसरी सुरु भयो र कहाँबाट आयो भन्ने यकिन तथ्य नभए पनि हिन्दु ग्रन्थ अनुसार यसलाई तिहारको समयमा फूल्ने भएकाले तिहारमा विशेष प्रयोग हुने गर्छ ।

अन्तर्राष्ट्रिय जगतमा भने यो फूल सजावटका लागि पछि जापानको राष्ट्रिय फूलको प्रचारका क्रममा आएको मानिन्छ ।

घरघरमा जुन ठाउँमा पनि फूल्न सक्ने क्षमता भएको यो फूल १ हप्तासम्म ताजा रहने विज्ञ बताउछन् । यो फूलको बोट ३ फिटसम्म अग्लो हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा गोदावरी फूलको माग अत्यन्त बढी फ्लोरिकल्चर एशोसिएसनका महासचिव मिन बहादुर तामाङले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा गोदावरी फूलको माग बढ्दो छ तर, नेपालमा प्रविधिको कमीले गर्दा कात्तिकमा मात्र यो फूल फूल्छ,’ तामाङले भने ।
गोदावरी फूल तिहारको समयमा मात्र १० हजार माला खपत हुने तामाङ बताउछन् ।

उनका अनुसार गोदावरी फूल दिन छोटो र रात लामो भयो भने मात्र फूल्छ । यो फूल फूल्न दिन १० घण्टा र रात १४ घण्टा हुनु पर्ने उनले बताए ।

‘हामीले त्यो वातावरण अनुकुल ग्रीन हाउस बनाउन सके १२ महिना नै यो फूल फूलाउन सक्छौँ र अन्तर्राष्ट्रिय बजारमा निर्यात पनि गर्न सकछौँ,’ तामाङले भने ।

पछिल्लो समय गोदावरी फूलको बिरुवाको कारोबार पनि राम्रो हुँदै गएको उनले बताए ।

उनले अन्य देशहरुमा नयाँ गोदावरीका विरुवाहर उत्पादन भएकाले उक्त गोदावरी फूलको बिरुवा नेपाल आयात गर्ने पकृयामा रहेको बताए ।
उनले हालै मात्र ४५ प्रजातीको गोदावरी आयात गरिएको जानकारी दिए ।

‘४ सय भन्दा बढी प्रजातिका गोदावरी हामीले पहिले देखिनै उत्पादन गर्दै आएका छौँ, ४५ नयाँ प्रजातीका गोदावरी फूल भखरै भित्राएका छौँ त्यसको पनि बिरुवा उत्पादन गरि हामी नसरी तथा व्यवसायीक फूल खेती गर्नेहरुलाई दिन्छौँ,’ तामाङले भने ।

हाल नेपालमा ७ सय गोदावरी व्यवसायी खेती गर्नेहरु रहेका छन् ।

उनका अनुसार गोदावरी फूल ठोस याही फूल्छ भन्ने छैन, यो देशै भरि फूल्छ, तराइमा ढिलो फूल्छ भने पहाडमा कसोज, कात्तिकमै फूल्न थाल्छ ।

उनले नेपालमा एउटा पट प्लान्ट गोदावरी पनि रहेको जानकारी दिए । उक्त बिरुवा निर्यात पनि गर्न सकिने उनको भनाई छ ।

‘गोदावरीका फूल आयात हुन्न, त्यसको मदर प्लान्टहरु मात्र आयात हुन्छन्, यो वर्ष १ लाखको हाराहारीमा बिरुवा आयात भएको छ, हामी त्यसबाट १० लाख बिरुवा उत्पादन गर्ने छौँ र सबै फूल व्यवसायी र नसरीहरुलाई दिने गछौँ,’ तामाङले भने ।

उनले गोदावरी फूलकोको बीरुवा आयातको महंगो पर्ने भएकाले त्यसको बरुवा नेपालमा विक्री गर्दा १ सय रुपैयाँसम्म पर्न जाने बताए । नेपालमै उत्पादन भएका गोदावरीका बिरुवा भने २० देखि ४० रुपैयाँसम्म पर्ने उनको भनाई छ ।

अन्तर्राष्ट्रिय स्तरमा गोदावरी फूलको महत्व

जापानः

गोदावरी फूल जापानको राष्ट्रिय फूल पनि हो । जापानमा यो फूल सर्वोच्चताको प्रतीक मानिन्छ । यसको अङग्रेजी नाम  ‘Chrysanthemum Throne’ हो भने जापानी राज सिहासनको नाम नै ‘Chrysanthemum Throne’ राखिएको छ ।

चीनमा यो गोदावरी फूलको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा ४ सय ४५ प्रजातीका फूल पाइन्छन् ।

चीनः

चीनमा यो फूललाई औषधीको रुपमा पनि लिने गरिन्छ । चीनमा यसलाई ‘चार भलादमी’ भनिने गरिन्छ । यो फूल चीनमा राजकीय मान्यता प्राप्त फूलको रुपमा परिचित छ ।

यूरोपः

यूरोपमा यो फूलको व्यवसायिक खेती १७औँ शताब्दीतिर सुरु भएको थियो ।


पुष्प दुलाल