ऋणयोग्य रकमको अभाव हटाउन विदेशबाट बैंकले ल्याउन पाउने पैसामा राष्ट्र बैंक थप लचिलो



काठमाडौं । बैकिङ क्षेत्रमा देखिएको ऋणयोग्य रकमको अभाव हटाउनको लागि विदेशबाट बैंकले ल्याउने ऋण रकममा राष्ट्र बैंक थप खुकुलो भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यसलाई परिवर्तन गरेर राष्ट्र बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था लागु गरेको हो ।

राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन व्यवस्था गरेपनि ठूलो रकम ऋण भने आएको छैन । राष्ट्र बैंकले चालु अर्थिक वर्षदेखि भारतीय रुपैयाँमा पनि ऋण ल्याउन सकिने व्यवस्था लागु गरेको थियो ।

राष्ट्र बैंकले यसरी ल्याउने ब्याजदर ६ महिनाको लिबररेटमा ३ प्रतिशतमात्र जोडिएको हुनपर्ने व्यवस्था गरेको छ । यसरी ल्याएको ऋण रकम भने बैंकहरुले घरजग्गा,गाडी तथा सेयर बजारमा ऋण दिन भने पाउने छैनन् ।

राष्ट्र बैंकले तोकेको उत्पादन मुलक क्षेत्रमा मात्र यस्तो ऋण दिन पाइने छ ।


क्लिकमान्डु