सिटी एक्सप्रेसमा नयाँ सञ्चालक समिति चयन, १८ प्रतिशत लाभांस दिने निर्णय




काठमाण्डौ । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ ।

साथै सोही साधारण सभाले ३ जनाको लेखा समिति समेत चयन गरेको छ । सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय साधारण सभाले गरेको छ ।

संस्थाको काठमाण्डौ महानगरपालिका वडा नं. १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको लागि भवन निर्माण गर्न संचालक समितिले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको जनाइएको छ ।


क्लिकमान्डु