हेटौंडामा पर्यटन विकास आयोजनाको कार्यालय स्थापना



हेटौंडा । ३ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले पर्यटन विकास आयोजनाको कार्यलयको स्थापना गरेको छ । कार्यालयको उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री नेपालले पर्यटनबाट समृद्धिको आधार खोजेको बताए । प्रदेश सरकारले पर्यटनको क्षेत्रमा लगानी गर्ने, प्रोत्साहन गर्नेलगायतका कार्यहरु गर्ने बताए ।

प्रदेशको सम्बृदिको आधार जलस्रोत, उद्योग, पर्यटनहरु रहेकोले त्यसलाई उजागार गर्ने उनले बताए । यस्ता क्षेत्रको विकास लागि बजेट राम्रोसंग छुटयाएको समेत बताए ।

हिजोको दिनमा यस्ता क्षेत्रका बजेटहरु तल्लो तहसम्म नआएको बताउँदै उनले नयाँ पर्यटन क्षेत्रको बिकास, लुकेका पर्यटन क्षेत्रको बिस्तार, मार्केटिङ गर्न अभियान थालिने बताए ।

पर्यटन आकर्षणका लागि जुगल, गणेश हिमाल आरोहण खुाल गर्ने भन्दै मन्त्री नेपालले गौरीशंकर हिमालमा परीपथ निर्माण गरिने योजना रहेको जानकारी दिए । प्रदेश सरकारले तयार पारेका पर्यटनका योजनाहरुको अपेक्षा आयोजनाको कामवाट पूरा हुने बिश्वास उनले व्यक्त गरे ।

मन्त्रालयकासचिब शिबकुमार वाग्लेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । आयोजनाको कार्यालयका लागि १५ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल आयोजना प्रमुख राजु क्षेत्री सहित ४ जनाले कार्य सुरु गरेका छन् ।


क्लिकमान्डु