एनआइसी एशियाले सञ्चालन गर्यो चमत्कारिक बचत खाता, यस्ता छन् विशेषता



काठमाण्डौ । एनआइसी एशिया बैंकले शुभ दीपावलीको अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारिक बिशेषताहरु भएको ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ ।
यस बचत खाताका चमत्कारीक विशेषताहरुः
१. ७ % वार्षिक ब्याजदर ।
२. न्युनतम मौज्दात रु १००० ।
३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी ।
४. अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् ।

के के छन् उपहारहरु:
१. यस बचत खाता खोलेपछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १ लाख रुपैयाँ भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिने छ ।

२. ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात २ लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछने ।

३. आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात१५ लाख भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

४. ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात ३० लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु