स्लो स्पीडमा चल्ने सिद्धार्थ बैंकको व्यवसाय एग्रेसिभ, नाफा दोब्बरले बढ्दा निक्षेप १ खर्ब पुग्यो



। सिद्धार्थ बैंकले नाफामा छलाङ मारेको छ । गतवर्ष असोज मसान्तमा १३ करोड नाफा गरेको बैंकले यो वर्षको असोज मसान्तमा ३२ करोडले नाफा कमाएको हो । बैंकले गतवर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी रकमले बढाएको हो ।

एकवर्षको अवधीमा बैंकले निक्षेप र कर्जामा समेत अत्याधिक बढाएको छ । बैंकको असोज मसान्त सम्ममा १ खर्ब रुपैयाँ निक्षेप छ । कर्जा ९० अर्ब छ । अघिल्लो वर्ष निक्षेप ७७ अर्ब थियो भने कर्जा ६९ अर्ब थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ७९.४७ प्रतिशत छ । यसले बैंकलाई अहिले अवस्थामा कर्जा दिन नसक्ने अवस्थामा रहेको देखाएको छ ।

बैंकको ब्यालेन्ससिटले सिदार्थ बैंकपनि एग्रेसिभ बिजनेशमा दौडेको देखिन्छ ।

बैंकको आधारदर समेत बढेको छ । अघिल्लो वर्ष असार मसान्तमा १०.२८ प्रतिशत रहेको आधारदर १०.६२ प्रतिशत छ । यद्यपी अघिल्लो मसान्तको मसान्तको तुलनामा आधार दर घटेको छ । असार मसान्तमा बैंकको आधार दर ११.१६ प्रतिशत थियो ।

बैंकको प्रति सेयर आम्दानी २४.८१ रुपैयाँ रहेको छ । पिइ रेसियो १३.५८ रहेको छ ।


क्लिकमान्डु