एनआइसी एशिया र विद्युत उपभोक्ता महासंघबीच बैंकिङ सेवा साझेदारी पत्रमा सम्झौता



काठमाण्डौ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल र एनआईसि एशिया बैंकबीच बैकिङ साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसि एशिया बैंकको तर्फवाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम एनआईसि एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।

सम्झौता मार्फत समुदायको बैंकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु