एनआइसीको नयाँ योजनाः भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर गर्दा १ सय बोनस !
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले शुभ-दिपावली तथा भाइटीकाको अवसरमा ‘सोच बदलौं… भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटीकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्ने भएका छन् ।
‘सोच बदलौं… भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई मो-बैंकबाट दक्षिणा रकम ट्रान्सफर गरी १०० रुपैयाँ बोनस प्राप्त गर्न बैंकले बिज्ञप्ति मार्फत अनुरोध गरेको छ ।