मुस्ताङमा ५ हजार किलो स्याउ उत्पादन, ८० प्रतिशत निर्यात



मुस्ताङ । मुस्ताङमा उत्पादन भएका स्याउमध्ये ८० प्रतिशत जिल्लाबाहिर निर्यात भएको छ ।

४५० हेक्टर जमिनमा लगाइएको एक लाख ३५ हजार स्याउका बोटबाट पाँच हजार ८०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

उत्पादन भएका स्याउमध्ये एक हजार १६० मेट्रिक टन मुस्ताङमा नै खपत भएको छ भने बाँकी चार हजार ६४० मेट्रिक टन मुस्ताङबाहिर निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।


क्लिकमान्डु