तिहार उज्यालो बनाउने झिलिमिली बत्ती, ३ महिनामा ८३ करोडको आयात




काठमाडौं । तिहार भन्नासाथ झिलिमिली बत्तीको याद आउँछ । कुनै जामान थियो, जब तिहारमा माटोको दियो मात्र जल्ने गर्थे । तर, अहिले समय परिवर्तन भएको छ । माटोको दियोको ठाउँमा विद्युतीय दियो आईसकेको छ ।

यसरी तिहारका बेला गाउँ, सहर सबै तिर भिलिमिली छर्ने त्यो बत्ती कहाँबाट आउछ ? कुनै शंकै छैन, नेपालमा बन्ने सम्भावना नै छैन भनेपछि अन्य देशहरुबाट नै भित्रिने भयो । हजुर, यी बत्तीहरु सबै बाहिरबाट नै भित्रिन्छन् ।

नेपालमा यस्ता झिलिमिली वत्तिहरु बर्सेनि अर्बौँको शंख्यामा भित्रिने भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वार्षको ३ महिनामा झिलिमिली वत्ती ८३ करोड २३ लाख ३५ हजार रुपैयाँ बराबर भित्रिएको छ । गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको बत्ती तथा विद्युतीय सामाग्रीहरु भित्रिएको थियो ।

यस्तै, गत आर्थिक वर्षको ३ मनिामा ३१ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको भिलिमिली बत्ती तथा विद्युतीय सामाग्रीहरु भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७३/७४ सालमा १ अर्ब ६५ करोड १२ लाख १ हजार रुपैयाँ बराबरको भिलिमिली बत्ती भित्रिएको विभागले जनाएको छ ।

विशेष गरी तिहारको समयमा भित्रिने यी झिलिमिली बत्तीहरु सबैभन्दा बढी भारत र चीनबाट हुने गर्छ ।

यस्तै अन्य देशहरु फ्रान्स, जर्मन, थाइल्याण्ड। दक्षिण कोरिया, फिलिपिन्स, सिङगापुर, स्पेन, दुबाई लगायतका देशहरुबाट पनि विभिन्न प्रकारका विद्युतीय झिलिमिली बत्तीहरु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु