तीन महिनामा प्रभु बैंकले कमायो ६० करोड रुपैयाँ खुद नाफा




काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको ३ महिनामा झण्डै ६० करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले साउन, भदौ र असोज महिनामा गरी ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो तीन महिनाको अवधीमा उसले खुद ब्याज आम्दानी १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ गरेको छ । शुल्क तथा कमिसनबाट १८ करोड २६ लाख रुपैयाँ खुद कमाइ गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खराब कर्जाको अनुपात २.५१ प्रतिशत छ । सम्भावित कर्जा नोक्सानी ब्यवस्थाको लागि बैंकले ११३.८७ प्रतिशत रकम ब्यवस्था गरेर राखेको छ ।

बैंकको कर्जा निक्षेप पुँजी अनुपात ७५.६८ प्रतिशत छ । बेस रेट ९.४९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २९.१३ रुपैयाँ छ ।


क्लिकमान्डु