मोरङको लेटाङ्गमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा



काठमाण्डौ । मोरङ जिल्लामा एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय उद्घाटन भएको छ ।

लेटाङ्ग नगरपालिका वडा नं ४, स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले कात्तिक १६ गते एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहका प्रमुख अतिथी ढुङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वी गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

एनआइसी एसिया बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब१६८ अर्ब तथा कर्जा १४१ अर्ब पुगेको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको जनाइएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु