लक्ष्मी बैंकको सिइओमा अजय शाह नियुक्त



काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाह नियुक्त भएका छन् ।

बैंकको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई सिइओमा नियुक्त गरिएको हो ।

एभरेष्ट बैंकसँग मर्जरमा जाने भनेर तयारी गरेको लक्ष्मी बैंक स्वापको विषय नमिल्दा कुरा मिल्न सकेको छैन ।
शाह लक्ष्मी बैंकमा नै कार्यरत थिए ।


क्लिकमाण्डू