एलजीले नेपाली बजारमा ल्यायो ९ लाख मूल्यको ७५ इन्चको टिभी, यस्ता छन् विशेषता



काठमाण्डौ । एलजीले ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ ।

यो टिभीमा Quad Core Processor, webOS, Operating System, Magic Motion Remote Control, 4K UHD Display, 4K Active HDR, IPS Panel, ThinQ AI जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

AI ThinQ-enabled TV ले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ ।

माइक्रो बटन थिच्नुहोस र सूचनाको लागि सोध्नुहोस, जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु Google Assistant को मद्दतले तपाईले आफ्नो आवाजले टि.भी.लाई नियन्त्रण गर्न सक्नुहुनेछ ।

यस टि.भी.को नेपाली बजारमा नौ लाख ४० हजार ९ सय ९० मुल्य रहेकोमा तिहार तथा छठ को अवसरमा यसमा भारी छुट र एलजीको SJ4 Speaker उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।


क्लिकमान्डु