जुगल हिमाल आरोहण खुला गर्न संघीय सरकारलाई प्रदेश सरकारको अनुरोध



काठमाण्डौ । ३ नम्बर प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल हिमाल आरोहण खुला गर्न संघीय सरकारसंग अनुरोेध गरेको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो हिमालको आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सो हिमाललाई खुला गराउने चर्चा चलेपनि खुला हुन सकेको छैन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालको क्षेत्रभित्र दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमालपनि रहेका छन् ।


क्लिकमान्डु